काठमाडौं । नेपाली सेनाले नेपाल-चीन सीमा क्षेत्रमा सीमा स्तम्भहरूको सरसफाइ गर्नुका साथै मेटिएका अक्षर र नम्बरहरूमा रङ लगाएर टाढैबाट देखिने बनाएको छ ।
दोलखा जिल्लामा तैनाथ नेपाली सेनाको तारादल गणले चैत २ देखि २१ गतेसम्म चलाएको अपेशन हिमाल दर्शन अन्तर्गत सीमा क्षेत्रमा पुगेर स्तम्भहरूको अवलोकन गरेको हो ।

दोलखा जिल्लाको लामावगर क्षेत्रबाट मौसम अनुसार चीनसँग आवतजावत समेत हुने गरेको छ । सेनाले सीमा क्षेत्रमा पुगेर अवलोकन गर्नुका साथै सीमास्तम्भहरू ठिक ठाउँमा रहे नरहेको अवलोकन गरेको सैनिक जसम्पर्क निर्देशनालयले जनाएको छ ।


Leave a Reply