काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अंकगणित देशको आवश्यकता अनुरुप भएन भने ताजा जनादेशमा जानुपर्ने बताएका छन् । ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने उल्लेख गरे ।
देशभर निर्माण हुन लागेका एक सय ६५ वटा सडक सञ्जालको बालुवाटारमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलले यस्तो बताएका हुन् । ओलीको भनाइ यस्तो थियो
संसद यस्तै हो । कहिलेकाहीँ देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृत्रिम ढंगले संसदको गणित यताउता हुन्छ ।
संसदको अंकगणितले अनुपयुक्त आकार लिइरहेको छ, उपयुक्त आकार लिने सम्भावना कम छ वा छैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्छ । देशको आवश्यकता अनुसारको अंकगणित निर्माण गर्नुपर्छ । सरकार बनाउन, संविधान निर्माण गर्न सक्ने थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनाउनुपर्छ ।
भरसक म्यानेज गर्न खोज्नुपर्छ । व्यवस्थापन भएन र भने ताजा जनादेशमा जानुपर्छ । ढिलो चाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ ।

Leave a Reply