काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमथि गरिएको कारबाहीलाई भद्दा मजाकको संज्ञा दिएका छन् ।
नेपालमा विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुने भ्रष्ट र अनैतिकहरू पुरष्कृत हुने गरेको उनको भनाइ छ ।
‘ॠषिमुनी र बुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वरभूमि नेपालमा आजकाल विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरू पुरष्कृत हुन्छन्,’ ट्वीटरमा उनले लेखेका छन्, ‘ कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ।’
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै पछिल्लो पटक स्पष्टीकरण दिएका भुसाल र पाण्डेलाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ।

Leave a Reply