माओवादी जिल्ला नेता तिमल्सेना र कँडेल एमालेमा

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सेना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा इमान्दार कार्यकर्ताको भविष्य उज्ज्वल देखेर एमाले प्रवेश गरेको उनले बताए ।

‘पार्टी एकता जोगाउन, देशको समृद्धिका लागि र देशलाई अग्रगामी रुपमान्तरणका लागि एमालेको महत्वपूर्ण भूमिका छ’, एमाले प्रवेश गर्दै उनले भने, ‘एमालेले मात्रै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउन सक्छ ।’

एमालेको नीति तथा विचार मन परेर प्रवेश गरेको बताउँदै उनले एमालेमा जे जिम्मेवारी पाए पनि बहन गर्ने प्रतिक्रिया दिए ।

त्यस्तै माओवादीका वीरेन्द्रनगर नगर कमिटीका सदस्य डिल्लीप्रसाद कँडेल पनि एमालेमा लागेका छन् । उनीहरुलाई एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गराउँदै कँडेलले भने– विगतका तितामीठा विर्सेर अघि बढौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *