माओवादी नेता थापाको निधन

रुपन्देही । नेकपा माओवादी केन्द्र पाल्पाका नेता गीरबहादुर थापाको ४१ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको छ । नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक थापाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको नेकपा माओवादी केन्द्रका सचिव राजेन्द्र विकले जानकारी दिए ।

थापा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतापछि जिल्ला सचिवको जिम्मेवारीमा रहेका थिए । रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वर स्थायी ठेगाना भएका थापा केही वर्षयता तिनाउ गाउँपालिका–३, दोभानमा बस्दै आएका थिए । उनी मधुमेहलगायत रोगबाट थलिएपछि केही समययता राजनीतिमा सक्रिय हुन सकेका थिएनन् ।

थापाका श्रीमतीसहित १३ र ९ वर्षका दुई छोरी छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *