माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, एमालेमा गएका नेतामाथि कारबाही हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो।

आजको स्थायी कमिटी बैठकमा सरकारको समर्थन फिर्ता लिने, नयाँ सरकार निर्माणका लागि गठबन्धन, एमालेमा गएकानेताहरुलाई कारवाही गर्नेलगायतको विषयमा छलफल हुने एक स्थायी समिति सदस्यले नेपालप्रेसलाई जानकारी दिए ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको आधार बनाउँदै एमालेमा गएकाहरुमाथि कारबाहीको निर्णय हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *