माधवपक्षीय भेलाको १७ बुँदे प्रस्तावः एमाले–माओवादी व्युँताउने फैसलाप्रति असहमति

काठमाडौं । काठमाडौंमा सम्पन्न नेकपा एमालेको माधव नेपालपक्षीय भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीलाई वाम एकतामा सहभागी हुन आह्वान गर्नेदेखि एमसीसी सम्झौतालाई देशको हितमा बनाउनुपर्ने सम्मका बुँदाहरु प्रस्तावमा छन् । यसैगरि पार्टीका उपाध्यक्ष भिम रावलले ती प्रस्ताव भेलामा प्रस्तुत गरेका थिए ।

कार्यकर्ताले ताली बजाएर समर्थन गरेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

भेलाले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएको छ । अदालतले कानुनी नभई राजनीतिक फैसला गरेको ठहर भेलाले गरेको छ । सोही भेलाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको भने स्वागत गरेको छ ।

हेर्नुस प्रतिवेदनः

Comments

One response to “माधवपक्षीय भेलाको १७ बुँदे प्रस्तावः एमाले–माओवादी व्युँताउने फैसलाप्रति असहमति”

  1. Nagendra Avatar
    Nagendra

    राजनीतिमा सानु चित्त, संकुचित दिमाग, चतुरे प्रबृत्ति, उरनठेउले गतिबिधि, बस्तुनिस्ट बिस्लेषणको कमी , चिन्तन, सपना र मनन को अभाव छ भने त्येश्ले मात्र समस्या निम्त्याउञ्छ, जुन अहिले देखिएको छ !!! त्यो हुँदा, आफुले देखेको मात्र सहि, आफुले भनेको अनि गरेको मात्र सहि भन्ने भान हुन्छ, त्यो खतरनाक हुन्छ !! आफुले देख्न सकेको ‘सानु परिधी’ र ज्ञानको ‘सिमित भण्डार’ लाइ मनन गरी त्येश्लाई बढाउन लाग, देशलाई तिम्रो अज्ञानता त असक्ष्य्मताको बन्दि नबनाउ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *