दलहरुले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छः पूर्वराष्ट्रपति

चितवन । पूर्वराष्ट्रपति डा .रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

आज पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए ।

डा. यादवले भने, ‘दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।’ उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे। उनले भने, ‘म आशा गर्छु, राजनीतिक दलहरुले आआफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।’

देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा यादवले बताए ।

उनले भने, ‘हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *