काठमाडौं । मालपोत कार्यालय बाराका नासु र एक लेखापढी व्यवसायीविरुद्ध ६ लाख बिगो र कैद सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
मालपोत प्रमुखसमेत रहेका मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।
श्रम विभागबाट रोक्का रहेको जग्गा फुकुवा गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रकम लिएको अवस्थामा उनीहरूलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जनाएका छन् ।

Leave a Reply