ओलीपक्षमा लागेका प्रदेश सांसदले भने- कानूनले हामीलाई माओवादीमै फर्कायो

सुर्खेत । कर्णाली प्रदेश सभाका दुई जना सांसदहरुले आफूहरु कानूनी रुपमा माओवादी केन्द्रमै फर्किएको बताएका छन् । साबिक नेकपा विभाजनका बेला माओवादी छाडेर केपी ओली पक्षमा लागेका सांसदहरु कानुनी संकटका कारण प्रचण्डतिरै लाग्न बाध्य भएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट दैलेख र सुर्खेतबाट प्रत्यक्ष निर्वाचित सांसद धर्मराज रेग्मी र ठम्मर विष्टले आफूहरु २०७५ जेठ दुई गतेकै अवस्थामा फर्किएको नेपालप्रेसलाई बताए ।

‘पहिले नेकपा थियो । त्यो समयमा सरकारको काम कारवाही बारे हामी असहमत भएका थियौं । पार्टी भित्र अन्र्तविरोध चल्नु स्वभाविक हो ।’ नेपालप्रेससँग शुक्रबार कुरा गर्दै सांसद रेग्मीले भने, ‘सर्वोच्च अदालतको फैसलाले हामीलाई कानूनी रुपमा माओवादी केन्द्रमा नै फर्काइदिएको छ । कानूनी रुपमा हामी नेकपा माओवादी केन्द्रका सांसद नै भयौं ।’

अन्यत्रका सांसदहरुले पद छोडने तर ओलीको साथ नछोडने बताईरहेका समयमा कर्णालीका दुइ जना सांसदहरु भने आफ्नै दलमा बस्ने निर्णय नजिक पुगेका छन् ।

हाल काठमाडौंंमा दलका नेताहरुसँग राजनीतिक परामर्शमा रहेका ती दुवै जना सांसदहरु कर्णाललीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रत्यक्ष सम्पर्कमा रहेको मुख्यमन्त्री स्रोत बताउँछ ।

‘उहाँहरु अन्यत्र जाने कुरा छैन । विगता तिता पिरा भूलेर पार्टीलाई थप बलियो बनाएर लैजान र कर्णालीको विकासमा योगदान गर्न मुख्यमन्त्री शाहीले दुवैजनालाई अनुरोध गर्नु भएको थियो,’ स्रोत भन्छ, ‘मुख्यमन्त्रीको उक्त आग्रह अनुसार नै दुवै जना सांसदहरु केन्द्रमा फर्कन थालेका हुन् ।’

Comments

One response to “ओलीपक्षमा लागेका प्रदेश सांसदले भने- कानूनले हामीलाई माओवादीमै फर्कायो”

  1. Hamro Dailekh Avatar
    Hamro Dailekh

    स्वागत याेग्य कदम ✊✊

Leave a Reply

Your email address will not be published. Required fields are marked *