काठमाडौं । पुन:स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको आयु सकिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा बैठकको बहिष्कार गरी संसद भवनबाट बाहिरिएका नेता नेपालले पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि सरकारको टिक्ने आधार नरहेको बताए । उनले ७६ (१) को सरकार नै रहेन । अब प्रधानमन्त्रीले बस्ने कुनै पनि आधार नभएको बताए ।
एमालेबाट अब तपाईं कता जानुहुन्छ त भन्ने प्रश्नमा ? नेपालले भने, ‘नेकपा बनाउने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न । अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं ।’

Leave a Reply