काठमाडौं । केही समयदेखि सुनको मूल्य नेपाली बजारमा लगातार घटेको छ । शुक्रबार पनि सुन तोलामा ९ सय रुपैयाँले गिरावट आएको हो । आज छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीमा पनि ३५ रुपैयाँले गिरावट आउँदै १ हजार २५० रपैयाँ कायम भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोलामा एक हजारले गिरावट आएको थियो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपालमा पनि मूल्य घटेको हो ।

Leave a Reply