नयाँ सरकार प्रचण्ड-नेपाल नेतृत्वमा बन्छ : भट्टराई

सुनसरी । नेकपा (दाहाल-नेपाल समूह)का केन्द्रीय सदस्य योगेश भट्टराईले नयाँ बन्ने सरकार आफ्नो दलको नेतृत्वमा बन्ने बताएका छन् । संसद बैठक शुरु भएसँगै नयाँ सरकार निर्माणको कार्य शुरु हुने जानकारी दिए ।

दाहाल-नेपाल समूह निकट प्रेस संगठन नेपाल १ नम्बर प्रदेशको दोस्रो भेलालाई शनिवार सुनसरीको ईटहरीमा सम्बोधन गर्दै भट्टराईले संचार नीतिमा व्यापक परिवर्तन गर्ने आवश्यकता रहेको दाबी गरे ।

अब बन्ने नेकपाको सरकारले प्रेसलाई नियन्त्रणमुखी नियम, नीति नल्याउने पनि प्रष्ट पारे । प्रेस संगठन इन्चार्ज समेत रहेको भट्टराईले पार्टी भित्र सांगठनिक र बैचारिक बहस चलाउन नस्कदा पुस ५ मा संविधानलाई ‘कु’ गर्ने काम भएको समेत बताए ।

नेता भट्टराईले जनताको त्याग र बलिदानबाट ल्याएको संविधानको विरुद्धमा प्रधानमन्त्री लागेको बताए । नेकपाको प्रचण्ड–नेपाल पक्ष कहिलेपनि पार्टी फुट र विभाजनको पक्षमा नगएकाले अहिलेपनि पार्टी एकता गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

तर उनले ओलीवाद साथमा लिएर हुने पार्टी एकता स्वीकार्य नहुने बताए ।उनले पार्टी नेतृत्वले अब पार्टीको नेतृत्व युवामा हस्तान्तरण गर्न तयार हुनु पर्नेमा पनि बताए ।पुर्व मन्त्री समेत रहेका भट्टराईले अदालतले संसदले पुनःस्थापन गरिदिई सकेकाले नैतिकताको आधारमा पदबाट राजिनामा दिएर मुलुकलाई निकास दिनु पर्न उनको भनाई थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *