हेमबहादुर मल्ल सम्मान डा. दासलाई प्रदान

काठमाडाै । हेमबहादुर मल्ल सम्मान, २०७५ बाट वरिष्ठ छाति रोग विशेषज्ञ डा. गौरी शंकर लाल दास सम्मानित भएका छन् ।

नेपाल जन–प्रशासन संघले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान बिहीबार एक कार्यक्रमकाबीच दासलाई प्रदान गरिएको हो ।

सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको तथा सामाजिक सेवामा सर्मपित रही अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै दासलाई प्रदान गरिएको संघले जनाएको छ ।

सम्मान दुई लाख रुपैँया धनराशीको रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *