नागरिक आन्दोलनका अभियन्तालाई ज्यान मार्ने र बलात्कारको धम्की

काठमाडौं । प्रतिगमनविरुद्ध भएको नागरिक आन्दोलनमा सहभागी अभियन्ता र स्रष्टाहरूलाई सामाजिक सञ्जालबाट ज्यान मार्ने र बलात्कार गर्नेजस्ता धम्कीहरू आउन थालेका छन् ।

आन्दोलनका अभियन्ताहरू सपना सञ्जिबनी, मोहना अन्सारी, पल्लबी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्वीटरबाट ज्यान मार्ने र बलात्कार गर्ने जस्ता धम्कीहरू आएको बृहत नागरिक आन्दोलनले जनाएको छ ।

गत माघ ३० गते काठमाडौंमा आयोजित महिला मार्चमा उनीहरूले महिला हिंसाविरुद्ध आवाज उठाएका थिए ।

नागरिक समाजले एक विज्ञप्तिमार्फत् यस्ता अपराधमा संलग्नहरूबारे गम्भीरतापूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

‘आफूलाई लागेको कुरा बोल्न पाउनु, कथा, कविता वाचन गर्न पाउनु, सभा, समारोहमार्फत् विचार अभिव्यक्त गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर्कमा आधारित विमर्शमा सहभागी हुन नचाहनेहरू अभद्र र आक्रामक प्रतिक्रियामा उत्रन थालेका छन् ।’

अभियानले साइबर दुव्र्यवहारमार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु सर्वसत्तावाद, असहिष्णुता र प्रतिगमनलाई बल पु¥याउनु भएको बताएको छ ।

प्रत्येक लोकतन्त्रप्रेमी नागरिकले यसप्रति सचेत हुन र दुव्र्यवहारविरुद्ध आन्दोलित हुन आन्दोलित हुन नागरिक समाजको आग्रह छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *