बाँके । बाँकेको डुडुवा गाउँपालिका -२ बाट जंगली जनावर निलगाई मारेको अभियोगमा तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरू ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ रहेका छन् ।
जंगली जनावर निलगाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले निल गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो ।
हाल फरार रहेका अर्का एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply