टुँडिखेलमा प्रचण्ड-माधव पक्षको मानव साङ्लो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव पक्षीय नेकपाले काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लोसहित घेराउ गरेको छ ।

बुधबारदेखि शुरू भएको चौथो चरणकाे संघर्षका कार्यक्रमअन्तर्गत आज अपरान्ह टुँडिखेलबाहिर मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिएको हो ।

नयाँ चरणको आन्दोलनअन्तर्गत फागुन २ गते नेकपा प्रचण्ड-माधव पक्षले ५ देखि २१ फागुनसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

          

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *