हातमा साङलो बाँधेर स्रष्टाकाे विरोध

काठमाडाै‌ । प्रतिनिधिसभा विघटनको विरोधमा स्रष्टाले शुक्रबार काठमाण्डौमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सर्जक, स्रष्टा तथा मण्डला थिएटरका कलाकारले प्रर्दशन गरेका हुन् ।

“सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन” को ब्यानरमा स्रष्टाले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्‍याली निकालेका छन् ।

ब्यानर भन्दा अगाडी विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लगायतका नारा लेखिएका प्ले कार्ड टाँसेर प्रर्दशन गरेका थिए ।

बसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए ।

स्रष्टाको प्रर्दशनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई आहुति, निनु चापागाई, विमला राई लगायतको उपस्थिति थियो ।

          

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *