प्रचण्ड–माधव पक्षको निष्कर्ष :भोलि उपत्यका बाहिरबाट ठूलो संख्यामा मान्छे ओइरिन्छन्

काठमाडौं । भोलि गर्न लागेको विरोधसभमा उपत्यका बाहिर र भित्रबाट लाखौं मानिस ओर्लिने निष्कर्ष नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले निकालेको छ। विरोधसभाको तयारीबारे समीक्षा गर्न मंगलबार दिउँसो बसेको प्रचण्ड–माधव पक्षको सचिवालय कमिटीको बैठकमा लाखौं मान्छे सभामा आउने ‘रिर्पोटिङ’ भएको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

‘भोलिको कार्यक्रमको बारेमा योजना कस्तो–कस्तो बनेको छ ? तयारी के हो भन्ने बारेमा छलफल गर्यौ,’ खनालले नेपाल प्रेससँग भने, ‘तयारी एकदमै राम्रो ढंगले अगाडि बढेका उपत्यकाका चारैतिरबाट ठूलो संख्यामा जनसमुदाय भोलि उपत्यकामा ओइरिने, उपत्यका भित्रैबाट पनि ठूलो संख्यामा जनसमुदाय मार्चमा रिर्पोटिङ भयो।’

प्रतिनिधिसभा विघटनविरुद्ध भोलि विरोध सभा गर्न लागेको प्रचण्ड–माधव पक्षले सभा अहिलेसम्मकै वृहत हुने र लाखौं मानिस सहभागि हुने दावी गरेको छ । सभाको पूर्व सन्ध्यामा राजधानीको प्रदर्शनी मार्गमा प्रचण्ड–माधव पक्ष निकट युवाले मार्चपास समेत गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *