आज मसाल जुलुस र भोलि आमहड्ताल गर्ने प्रचण्ड-माधव पक्षको निर्णय

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले बिहीबार (भोलि) आमहड्ताल गर्ने भएको छ ।

पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले बुधबार साँझ देशभर मसाल जुलुस र बिहीबार आमहड्ताल गर्ने निर्णय गरेको समितिका एक सचिवालय सदस्यले नेपाल प्रेससँग बताए । ‘संसद विघटनको असंवैधानिक कदमको सडकमा आवाज उठिरहेको बेला त्यसलाई बेवास्ता गरेर पेलेरै लाने सरकार रबैया देखिएकोले थप खबरदारीको जरुरी भएर यो निर्णय गरिएको हो’, उनले भने ।

आकस्मिक डाकिएको बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त तथा शपथ गरेको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर संघर्षका कार्यक्रमको औपचारिक घोषणा हुनेछ ।

Comments

2 responses to “आज मसाल जुलुस र भोलि आमहड्ताल गर्ने प्रचण्ड-माधव पक्षको निर्णय”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    केहि मन्ठाहरू जो आफूलाई ठूला ठान्छन्, खोरको बास हुने दिन नजिक आएपछि देशमा अशान्ति सिर्जना गर्ने गरी प्रस्तुत हुन खोज्दैछन्।

  2. Nagendra Avatar
    Nagendra

    “चोरको खुट्टा काट् भन्दा खुट्टा तान्यो रे नचिनिएको चोरले !!” हो !?
    यत्ती धेरै बुल्किनु अनी ततर्किनु किन पर्या हो है !?
    “दाहाल – नेपाल” ले उनिहरुले रोजेको पद नपाउनु हो, प्रतिगमन !? अनी त्यो नै “आम हड्ताल ?!” को कारण !?
    धन्दुकारी बुद्धी, अराजक मानसिकता, बेकामेको तुजुक, गोट्टी भएर चलेका कस्को कस्को खेलका !!
    हुनुपर्छ: प्रतिरोध, सेकियोस उपयुक्त तापक्रमको फलामे पन्युले !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *