ओली पक्षले भन्यो- महासचिवबाट आज कुनै बैठक बोलाइएको छैन

काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले प्रचण्ड-माधव पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक आधिकारिक नहुने भन्दै महासचिव विष्णु पौडेलले कुनै पनि बैठक नबोलाएको जनाएको छ ।

केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जारी गरेको प्रेस नोटमा नेकपाको केन्द्रीय कमिटी बैठक अध्यक्षसँगको परामर्शमा महासचिवद्धारा बोलाइने वैधानिक व्यवस्था रहेको भन्दै केन्द्रीय कमिटी बैठक बोलाइएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस नोटमा भनिएको छ, ‘पार्टीको विधान,अभ्यास,प्रचलन र पछिल्लो पटक निर्वाचन आयोगको निर्णय (अभिलेखीकरण) अनुसार पार्टीको आधिकारिक बैठक अध्यक्षसँगको परामर्शमा महासचिवद्धारा बोलाइने भन्ने स्पष्ट छ । यस अनुसार कमरेड महासचिवद्वारा कुनै  बैठक नबोलाइएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रचण्ड माधव पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । निर्वाचन आयोगले महासचिवले नबोलाएको बैठकलाई आधिकारिकता नदिएपछि बाधा अड्काउ फुकाउने गरि २५ प्रतिशत केन्द्रीय सदस्यको निवेदन समावेश गरेर अध्यक्ष प्रचण्डले बैठक बोलाउने गरि उक्त पक्षले तयारी गरेको छ ।

याे पनि पढ्नुस्
महासचिवले नबोलाएको बैठकको वैधानिकतामा प्रश्न उठेपछि बाधा अड्काउ फुकाउँदै प्रचण्ड-माधव पक्ष

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *