काठमाडौं । राष्ट्रिय एकीकरण दिवसको अवसरमा नुवाकोटको विद्र नगरपालिकाले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको २४ गते बसेको बैठककोे निर्णय अनुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा भोलि सम्पूर्ण कार्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरी एकीकरण गरेको खुसीयालीमा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले बताए ।

Leave a Reply