काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आत्मालोचना गर्दै आगामी दिनमा मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि ठूला दलका ठूला नेताहरुले आत्मालोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।
उनले भने– अझै केही बिग्रिसकेको छैन । प्रतिनिधिसभा विघटन गर्ने निर्णय प्रधानमन्त्रीले सच्याए मिलेर अघि बढ्न सकिन्छ ।
प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्थालाई जबरजस्त लाद्न खोजेको उनकाे आरोप छ । संविधानमा बेग्लै स्थितिमा संसद विघटन हुने कुरा उल्लेख भए पनि अहिले त्यस्तो स्थिति नभएको उनको भनाइ छ ।

Leave a Reply