काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रपतिले संसद विघटन गर्नु स्वागतयोग्य कुरा भएको बताएका छन् ।
उनले एक ट्वीटमार्फत् सरकार चल्नै नसक्ने भएपछि जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा भएको बताएका हुन् ।
नेता भण्डारीले लेखेका छन्, ‘कसले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपालाई पाँच वर्षका लागि सत्ता सञ्चालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन । चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।’

Leave a Reply